बुधबार ०५ माघ २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूलचुकले आफ्नो कपाल फुले पनि आफू युवा नै रहेको बताएका छन् ।

सोमबार युवा संघद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीमा प्रवेश गरेकाहरुलाई हौ`सला दिँदै आफ्नो कपाल भू`लचु`कले फुले पनि आफू युवा नै रहेको बताए ।

उनले भने, ‘भुलचुकले कपाल फुल्यो त्यो बेग्लै कुरा हो तर, म आफूलाई युवा नै ठान्दछु । तपाईहरु युवा संघबाट युथ फोर्समा प्रवेश गर्दै हुनुहुन्छ । तपाईले देशका लागि काम गर्ने अठोट राख्नुभएको छ । अब तपाईले झूठ कुरा बोल्नुपर्दैन, साँचो कुरा ढाकछोप गर्नुपर्दैन । ’

एमालेप्रति जनताको अथाह विश्वास रहेको पनि उनले कार्यक्रममा सुनाएका छन् । उनका अनुसार एमाले सरकारमा रहनुमा अर्थ राख्दैन । ‘एमाले सरकारमा हुनु र नहुनुमा फरक देशलाई पर्छ ।

विकासमा पर्छ, राष्ट्रियतामा पर्छ तर, जनताको एमालेप्रतिको विश्वासमा फरक पार्दैन । आफ्ना देशभक्ती नीति र अडानका कारण । आज हजारौँ साथीहरु युवा संघ (नेकपा एमाले) मा प्रवेश गर्नुभएको छ,’ उनले भने । न्युज२४ बाट


Last Updated on: September 6th, 2021 at 7:00 pm
४३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया