शनिबार ०८ माघ २०७८

एजेन्सी । अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा पनि तालिबानले आफ्नो विजय भएको गरेको छ।

तालिबान विरोधी गढ मानिएको उक्त उपत्यकामा स्थानीयहरुले तालिबानको कडा प्रतिरोध गर्दै आएका थिए ।

तालिबान विरोधी किल्लाका रुपमा पछिल्लो चर्चामा रहेको उक्त प्रान्त अहिलेसम्म तालिबानको शासनभन्दा बाहिर थियो। जबकि पूरै देश तालिबानको कब्जामा गइसकेको थियो । तर यहाँ भने प्रतिरोधी फौजमा सामेल हजारौँ युवाले तालिबाविरुद्ध युद्ध जारी राखेका थिए ।

तालिबानले उक्त उपत्यकामा पनि विजय हासिल गरेको जनाएको छ । तासलबानले सोमबार एउटा भिडिओ फुटेज सार्वजनिक गरेको, जसमा लडाकुहरूले तालिबानको झन्डा उचालेको देखिन्छ।

तर तालिबानको प्रतिरोध गरिरहेको समूहले भने आफूहरू अझै पनि सबै रणनीतिक स्थानहरूमा उपस्थित रहेको बताउँदै लडाइँ जारी राख्ने जनाएको छ। उक्त प्रतिरोधी समूह न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) का नेता अमहम मसूदले तालिबानविरुद्ध ‘देशैभरि विद्रोह’को आह्वान गरेकका छन् ।

मसूदले तालिबानलाई मान्यता दिएको र उनीहरूलाई सैन्य तथा राजनीतिक विश्वास दिलाएको अन्तर्राष्ट्रिय समुदायलाई आरोप लगाउँदै भनेका छन्, ‘तपाई जहाँकहीँ भए पनि, भित्र वा बाहिर, हाम्रो देशको गरिमा, स्वतन्त्रता र समृद्धिका लागि म तपाईँहरूलाई देशव्यापी विद्रोह सुरु गर्न आह्वान गर्छु ।’ यो अडियोसहितको रेकर्ड सामाजिक सञ्जालबाट बाहिर आएको छ ।
साभार- न्युज24


Last Updated on: September 7th, 2021 at 11:19 am
१५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया