बुधबार १२ माघ २०७८

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरैजसो को’रोना सङ्क्रमितको नि:शुल्क उपचार गरिरहेको दाबी दोहोर्याउनुभएको छ। गणतन्त्र दिवसको अवसरमा सेनाकाे मुख्यालय भद्रकालीमा भएको कार्यक्रममा प्रधानमन्त्री

ओलीले आफ्नो सरकारले धेरैजसो सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको, निःशुल्क खोप अभियानलाई पनि निरन्तरता दिइरहेको, जबकि कतिपय सम्पन्न र विकसित देशहरुले पनि यस किसिमले उपचार निःशुल्क नगरेको जिकिर गर्नुभयो ।

ओलीले आउँदो चुनाव भन्दा अगाडि नै सबै नागरिकलाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएको पनि दाबी गर्नुभयो । गणतन्त्रलाई नागरिकको जीवनसँग जोडेर अघि बढ्न सम्पूर्ण प्रयासहरू केन्द्रित रहेका र विकासका चौतर्फी अभियान अघि बढेका प्रधानमन्त्री ओलीको दाबी छ ।

सेवाप्रवाहमा व्यापक सुधार सहित नागरिकमा सन्तुष्टि बढ्दै गइ विकास, समृद्धि तथा सुशासनका सबै आयामहरू तथा विश्वप्यापी परिसूचकहरूमा उल्लेख्य सुधार आउनुले देश सही दिशातिर अगाडि बढेको नै स्पष्ट भएको ओलीको भनाइ छ।

आवधिक चुनाव लोकतन्त्रको आधारभूत पक्ष भएकाले आउँदाे कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा आम चुनावको घोषणा गरिएको र चुनाव भएरै छाड्ने ओलीले बताउनुभयो। चुनाव नहुने भ्रम नछर्न विपक्षी दललाई आग्रहगर्दै ओलीले सरकार निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा चुनाव सम्पन्न गर्न प्रतिबद्ध रहेको दोहोर्याउनु भयो ।


Last Updated on: May 29th, 2021 at 2:02 pm
८४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया