बुधबार ०५ माघ २०७८

सरकारले ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व.पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको छ ।उनको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दु’र्घटनामा परी निधन भएको थियो ।

साथै यति स’मूहका संस्थापक स्व. आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।सरकारले बैंकिङ प्रणालीबाट आएको रेमिट्यान्स बैंकहरुमा मुद्दती निक्षेपमा राखे १ प्रतिशत थप ब्याज दिने घोषण गरेको छ ।

शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को आय–व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् ।यस्तै, डिजिटल भुक्तानीको प्रवर्द्धन गर्न आगामी आर्थिक वर्षमा नेसनल पेमेन्ट स्वीच स्थापना गर्ने उनले बताए ।नेपालको आफ्नो भुक्तानी कार्डको योजना पनि उनले अगाडि सारेका छन् ।

सरकारले करिब २५ प्रतिशत रहेको बिमाको पहुँच आगामाी आर्थिक वर्षमा एकतिहाइ जनसंख्यामा पुर्‍याउने लक्ष्य लिएको छ । निजी घरको ५ हजारसम्मको बिमा प्रिमियमलाई आयकर कट्टीमा समावेश गर्न सकिने व्यवस्था बजेटमार्फत गरिएको छ ।यस्तै, विदेशी लगानी ल्याउँदा मुद्रामा हुने उतार–चढावको जोखिम कम गर्न कर्मसियल हेजिङको योजना पनि सरकारले अगाडि सारेको छ ।

सरकारी लगानीको निक्षेप तथा कर्जा सुरक्षण कोषको पुँजी वृद्धि गर्ने निक्षेप सुरक्षण प्रिमियम घटाउने घोषणा समेत सरकारले गरेको छ । यस्तै, लामो समयदेखि अन्योलमा रहेको वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने घोषणा सरकारले गरेको छ ।


Last Updated on: May 30th, 2021 at 6:57 am
५९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया