शनिबार १५ माघ २०७८

माओवादीका युवा नेता जनक बर्तौलाले एमालेका सांसद तथा केन्द्रिय सदस्य महेश बस्नेतलाई थर्काएका छन् ।

अखिल नेपाल खेलकुद महासंघको विस्तारित बैठकको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै बर्तौलाले मा’ओवादी अध्यक्ष प्रचण्डलाई एमालेमा आउन चु’नौती दिएको भन्दै आफुहरुसँग ३ डन देखि ६ डन सम्मका खेलाडीहरु भएको बताउँदै मा’ओ’वादीलाई सामान्य नठान्न चेतावनी दिए ।

उनले यदि यस्तै रबैया जारी राख्ने हो भने मृ¥त्युपत्रमा हस्ताक्षर गरेर आमेन सामेन हुन पनि बस्नेतलाई चुनौती दिए ।आफ्नो पार्टीको अध्यक्ष पनि खेलाडी नै भएको स्मरण गराउँदै बर्तौलाले माओ’वादीलाई नजरअन्दाज नगर्न चेतावनी दिए ।

महेस बस्नेतले बढी बोलेको भन्दै त्यसमा सुधार नगरे भोली महंगो पर्ने उनको भनाई थियो । भक्तपुरमा कराँते सिकाएको उदाहरण दिंदै आफुहरुसँग हजारौ ल’डा’कु युवाहरु भएको दावी गर्दै भि’डन्तका लागि निम्ता दिए ।

आगामी निर्वाचन पछि एमाले भन्ने पार्टी जुनकिरी हुने घोषणा गरे ।मा’ओ’वा’दी आ’गो हो भन्दै उनले आ’गो सँग खेल्ने कोसिश गरे एमाले ख’रा’नी हुने घोषणा समेत गरे ।

त्यस पछि सम्बोधन गरेका अध्यक्ष प्रचण्डले आफुहरुको उद्धेश्य माथि बाधा गर्ने प्रयास गरे प्र’तिकार गर्ने बताए ।त्यस बखत से’नाको बिग्रेडको रुपमा प्र’ति’रोधमा उ’त्रिने घोषणा समेत गरे । २ दिन भित्रै मन्त्री परिषद्ले पुर्णता पाउने बताउँदै प्रचण्डले युवा तथा खेलकुद मन्त्रालय आफ्नै पार्टीको भागमा परेको बताउँदै खेलकुद क्षेत्रलाई बिशेष प्राथमीकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।


Last Updated on: September 25th, 2021 at 8:11 am
८१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया